April 29, 2026, Wednesday
२०८३ बैशाख १६

मन्त्रिपरिषद् बैठक बस्दै, चीन भ्रमणलाई स्वीकृत गर्ने तयारी

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा प्रधानमन्त्री ओलीको आगामी चीन भ्रमण, यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन र शान्ति सुरक्षाका साथै मन्त्रालयगत नियमित एजेन्डामा छलफल गरिन लागेको जनाइएको छ ।

बैठकले प्रधानमन्त्री ओलीको आगामी साता हुने भनिएको चीन भ्रमणको कार्यतालिकालाई स्वीकृत गर्ने बुझिएको छ। त्यस्तै बैठकमा केही नियुक्ति तथा बढुवाका साथै केही अन्य निर्णय हुन सक्ने बताइएको छ।