काँग्रेस सभापति देउवा आज सुदूरपश्चिम प्रदेश आउँदै, यस्तो छ कार्यतालिका

धनगढी । नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज सुदूरपश्चिम प्रदेश आउदैँ छन् । गृहजिल्ला डडेल्धुराको विभिन्न कार्यक्रममा सहभागि हुने देउवा आउने भएका हुन ।
नेपाली कांग्रेस डडेल्धुराका अनुसार सभापति देउवा डडेल्धुरामा एकसाता रहेनछन् । कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका अनुसार सभापति देउवा आज बिहान १० बजे काठमाडौंबाट धनगढी आउनेछन्।
प्रदेश कार्यसमितिका कार्यबाहक सभापति लोकराज अवस्थीले विज्ञप्तिमार्फत् देउवाको स्वागतका लागि गेटा विमानस्थलमा उपस्थित हुन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।
सभापति देउवा कात्तिक २६ गते सोमबार डडेल्धुराको आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुने डडेल्धुरा कांग्रेसले जनाएको छ । कार्यतालिका अनुसार कात्तिक २७ गते गन्यापधुरा गाउँपालिकाको बडाल जाँत (जात्रा) मा सहभागी हुने छन् ।
कांग्रेस डडेल्धुरा सभापति भीमबहादुर साउदले सभापति देउवा अनुसार देउवाले कात्तिक २८ गते पार्टीको जिल्ला कार्यसमितिको बैठक, पालिकास्तरीय भेटघाट र २९ गते कार्यकर्ता भेटघाट कार्यक्रम रहेको छ।
सभापति देउवा कात्तिक ३० गते गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्। गन्यापधुरा देउवाको गृह पालिका हो। यो पालिकामा नै उनको मतदाता नामावली रहेको छ।
जिल्ला सभापति साउदले पूर्वप्रधानमन्त्री देउवा मंसिर १ गते डडेल्धुराको उग्रतारा मेलामा सहभागी हुने कार्यक्रम तय भएको पनि जानकारी दिएका छन् ।
कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिका अनुसार डडेल्धुराबाट फर्किएपछि सभापति देउवाले मंसिर २ गते कैलालीको चौमाला बहुमुखी क्याम्पसको भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।





प्रतिकृया दिनुहोस्