कांग्रेस सभापति देउवाको धनगढी घर अगाडि शंकाष्पद वस्तु फेला, नेपाली सेनाद्वारा निष्क्रिय

धनगढी । कांग्रेस सभापति शेरबहादुर देउवाको धनगढी घर अगाडि शंकाष्पद वस्तु फेला परेको छ। धनगढी उपमहानगरपालिका-४ स्थित कांग्रेस सभापति देउवाको घर अगाडि शंकास्पद वस्तु फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक कविन्द्र बोहराका अनुसार शंकाष्पद एउटा झोला घर अगाडि फेला परेको हो।
झोलामा शंकाष्पद वस्तु हुनसक्ने आकलन गरी प्रहरीले नेपाली सेनाको बम डिस्पोजलको टोलीलाई खबर गरेको थियो। उक्त टोलीले उक्त शंकाष्पद वस्तुलाई निष्कृय पार्ने काम गरिरहेको डिएसपी बोहराले जानकारी दिए।

धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शङ्कास्पद वस्तु फेला परेको खबर जिल्ला प्रहरी कार्यालय कैलालीले १ बजे थाहा पाएको थियो ।
नेपाल प्रहरी त्यस लगत्तै शङ्कास्पद बस्तु भएको ठाउँमा पुगेको थियो भने तेघरी ब्यारेकबाट नेपाली सेनाले दुई टोली पुगेको थियो । बिहान ५ बजे पुगेको टोलीले शङ्कास्पद बस्तु निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बोहराले. जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक बोहराका अनुसार झोला भित्र चिया पकाउने विद्युतीय भाँडो र उक्त भाँडो भित्र माटो भरेर त्यहाँ राखिएको थियो । त्रास फैलाउने र चेतावनी दिने शैलीमा त्यहाँ शङ्कास्पद बस्तु राखिएको प्रहरीले अनुमान गरेको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सभापति देउवाको घरमा उनका भतिजा एवं सुदूरपश्चिम प्रदेशसभाका सदस्य प्रकाश देउबा बस्दै आएको प्रहरीले जनाएको छ ।





प्रतिकृया दिनुहोस्