स्वदेश फर्किइन् परराष्ट्र मन्त्री आरजु राणा देउवा

काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणा देउवा स्वदेश फर्किएकी छन्। भारतको पाँच दिने औपचारिक भ्रमण सकेर परराष्ट्रमन्त्री देउवा बिहीबार स्वदेश फिर्ता भएकी हुन।
परराष्ट्र मन्त्री देउवा बिहीबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आइपुगेकी हुन्। उनले विमानस्थलमा भ्रमणमा भए गरेका उपलब्धिहरूबारे जानकारीसमेत गराएकी छन्।
गत आइतबार नयाँ दिल्ली पुगेकी मन्त्री डा देउवाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुका साथै विदेशमन्त्री एस. जयशङ्करसँग द्विपक्षीय वार्ता गरेकी थिइन् ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भ्रमण फलदायी भएको प्रतिक्रिया दिइन् । भारतमा भएको भेटवार्ता उपलब्धिमुलक रहेको उनको दाबी छ।
भारतीय प्रधानमन्त्री मोदीसँगको भेटका क्रममा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट उनलाई नेपाल भ्रमणका लागि औपचारिक रुपमा निम्तापत्र हस्तान्तरण गरेको देउवाले जानकारी दिइन् ।





प्रतिकृया दिनुहोस्