April 29, 2026, Wednesday
२०८३ बैशाख १६

महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम विस्फोट, दुई जना विद्यार्थी पक्राउ

घोराही । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम विस्फोट भएको छ। बिहीबार बिहान ९ बजेतिर सुतली बम विस्फोट भएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीका अनुसार बम विस्फोट गराएको आरोपमा प्रहरीले सोही क्याम्पसमा पढ्ने विद्यार्थी घोराही उपमहानगरपालिका वडा नम्‍बर १५ का अभियान थापा र सुभम कार्की लाई नियन्त्रणमा लिएको छ। उनीहरू प्लस टुका विद्यार्थी हुन्।

पक्राउ परेका विद्यार्थीहरूले रमाइलोका लागि सुतली बम विस्फोट गराएको बयान दिएको प्रहरीको भनाइ रहेको छ। ‘सडकमा सुतली बम सल्काएर क्याम्पसको गेटनजिक फालिएको देखिन्छ। रमाइलोका लागि पड्काएका हौं भनेर उनीहरूले बयान दिएका छन्,’ उनले भने, ‘थप अनुसन्धान हुँदैछ।’

मोटरसाइकलमा आएका दुई जनाले सुतली बम विस्फोट गराएर भागेका थिए। भाग्दै गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाको भनाइ छ। क्याम्पसमा पठनपाठन भने नरोकिएको उनले बताए।