April 18, 2026, Saturday
२०८३ बैशाख ५

बझाङका पहिरो पिडितलाई सुदूरपश्चिम प्रदेश सरकारले एक लाख राहत दिने

धनगढी । बझाङका पहिरो पिडितलाई सुदूरपश्चिम प्रदेश सरकारले एक लाख राहत दिने भएको छ । आज एक विज्ञप्ती जारि गर्दै प्रदेश सरकारलेहोबझाङमा पहिरोमा परेर ज्यान गुमाएमा परिवारका सदस्यलाई एक/एक लाख राहत दिने भएको हो ।

मुख्यमन्त्री कमल बहादुर शाहले विज्ञप्ती जारि गर्दै पहिरोमा परेर ज्यान गुमाएमा परिवारका सदस्यलाई एक/एक लाख राहत दिने र घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन ।

सोमबार विहान बझाङको बुंगल नगरपालिका-१० स्थित टुमेडामा पहिरोमा च्यापिएर एकै परिवारका चार जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घरमाथिबाट पहिरो जाँदा काली धामी, गोल्की धामी, आसिका धामी र लक्ष्मी धामीको मृत्युभएको थियो ।

स्थानीय र प्रहरीको टोलीको सक्रियतामा आज बिहान चारै जनाको शव पुरिएको अबस्थामा घरभित्रबाट निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।  

९ जना सदस्य रहेको उक्त घरमाथि हिजो राति १ बजे पहिरो खसेको थियो । पहिरोले घर क्षतविक्षत बनाएको छ । पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले बिरा धामी, उज्जल धामी, रोसन धामी, कमला धामी, शान्ति धामीगरी ५ जनाको तत्काल जिवितै उद्धार गरिएको थियो ।