April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए दुई तिहाइ मत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन ।

उनलाई कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ जनाले विश्वासको मत दिएका हुन् ।आजको बैठकमा ४५ सांसद उपस्थित थिए । शाहको पक्षमा ३६ मत आउँदा विपक्षमा ८ मत परेको थियो । तटस्थमा १ मत परेको छ ।

सुदूरपश्चिम प्रदेशमा ५३ जना सांसद छन् । कांग्रेस, एमाले र नाउपाले पक्षमा मतदान गर्दा नेकपा एकीकृत समाजवादीका ४ र माओवादी केन्द्रका ४ जनाले विपक्षमा मतदान गरेका थिए । स्वतन्त्र १ सांसदले कतै मत दिएनन् ।

आजको बैठकमा माओवादीका खगराज भट्ट, ओमविक्रम भाट, जानकी कुँवर, झपट साउद, रमेश धामी र शिव ओली बैठकमा उपस्थित भएनन् । त्यस्तै राप्रपाकी खेमादेवी विष्ट पनि बैठकमा उपस्थित भइनन् ।

माओवादीले आज विश्वासको मतको विपक्ष मतदान गर्ने जनाए पनि ह्वीप लगाएको थिएन ।