सुदूरपश्चिम प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान, मुख्यमन्त्री शाहले गरे विश्वासको मत लिने तयारी

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान गरिएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले आइेतवार दिउसो २ बजेको लागि प्रदेश सभा बैठक आह्वान गरेका हुन् ।
सरकारको सिफारिसमा प्रदेश मियाँले विशेष अधिवेशन अन्त्य गरेपछि सरकारले कर संकलन सम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश हिजो प्रमाणीकरण भइसकेको छ ।
आज पुन सरकारले सिफारिस गरेपछि अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ ।
आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेस संसदीय दलका नेता कमल शाहले विश्वासको मत लिएका छैनन् । आइतबार प्रदेश सभा बैठक आह्वान गरिएको र त्यसलगत्तै मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गरेको बताइएको छ ।
मुख्यमन्त्री शाहलाई कांग्रेसका १८ सांसद र एमालेका ११ सांसद र नागरिक उन्मुक्ति पार्टीका ७ सांसदको समर्थन रहेको छ ।





प्रतिकृया दिनुहोस्