सुदूरपश्चिम प्रदेशमा कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, मुख्यमन्त्रीसहित मन्त्रीको शपथ साढे ३ बजे

धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका मन्त्रीहरुको नाम भगभग टुंगो लगाएको छ । अहिले १ बजे बस्ने संसदीय दलको बैठकले मन्त्रीहरुको नामलाई अन्तिम रुप दिने बताइएको छ ।
कांग्रेसका एक नेताका अनुसार प्रदेश महामन्त्री मेघराज खड्काका र सांसद बहादुर थापालाई मन्त्री बनाउने तयारी गरिएको छ ।
सत्तारुढ दलहरुबीच भएको भागबन्डामा कांग्रेसले मुख्यमन्त्रीसहित तीन मन्त्रालय र एमालेले ३ मन्त्रालय पाएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई सरकारमा समेट्न कांग्रेसले आफूले पाएको एउटा मन्त्रालय दिने भएको छ ।
नाउपाले लक्ष्मणकिशाेर चाैधरीलाई मन्त्री बनाउने निर्णय गरेको संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए । उनका अनुसार लक्ष्मणकिशोरले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछन् ।
एमालेले मन्त्रीहरुको नाम टुंगो लगाउन २ बजे संसदीय दलको बैठक बोलाएको जनाएको छ । आफूले पाएको तीन मन्त्रालयमा पठाउने मन्त्रीको नाम लगभग टुंगो लागेको एमालेले जनाएको छ।
सांसद सुरेन्द्रबहादुर पाल र वीरबहादुर थापा मन्त्री बन्ने भएका छन्। उनीहरू यसअघि पनि मन्त्री भइसकेका थिए। एमालेबाटै सन्तोष कुमारी थापा शर्मा पनि मन्त्री बन्ने चर्चा छ। एमालेले मन्त्रीहरूबारे औपचारिक निर्णय २ बजे संसदीय दलको बैठकबाट गर्ने बताएको छ।
मुख्यमन्त्री कमलबहादुर शाहसहित मन्त्रीहरुको शपथ कार्यक्रम साढे ३ बजे राखिएको छ ।





प्रतिकृया दिनुहोस्