गोदावरीमा स्कुल बस दुर्घटना हुदाँ दुई विद्यार्थी घाइते

अत्तरिया । गोदावरी नगरपालिकामा स्कुल बस दुर्घटना भएको छ । इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका अनुसार गोदावरी नगरपालिका-९ बल्मी नजिकै दुर्गाज्योती ईङ्लिस बोर्डिङ्ग स्कुलको बस दुर्घटना भएको हो ।
प्रहरीले बसमा २७ विद्यार्थी सवार रहेको बताएको छ । दुर्घटनाबाट दुई विद्यार्थी घाइते भएका छन । पुर्वपश्चिर राजमार्ग अन्तरगत गोदावरी-८ मा रहेको दुर्गाज्योती ईङ्लिस बोर्डिङ्ग स्कुलको से०१००१ ख २१८२ नम्बरको स्कुल बस दुर्घटना भएको थियो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले दुर्घटनाबाट विप्लब खड्का र प्रकाश रावत घाइते भएका जानकारी दिएका छन् । उनीहरुलाई उपचारका लागि पदमा अस्पतालमा ल्याइएको छ ।
बस चालक ३५ वर्षीय सैतुराम चौधरीलाई नियन्त्रणमा लिईएको र घटनाको थप अनुसन्धान भईरहेको उनले बताए । दुर्घटनाको विस्तृत विवरण भने आउन बाकी रहेको प्रहरीले बताएको छ ।
यसैगरी आज बिहान पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक रहेका छन् ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर २८ जना घाइते भएका छन् ।
आज बिहान पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नंम्वरको स्कुल बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो । चालकले नियन्त्रण गुमाई सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीको बताएको छ ।
घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिएका छन् ।





प्रतिकृया दिनुहोस्