July 18, 2024, Thursday
३ श्रावण २०८१, बिहीबार

कञ्चनपुरको दोधारामा अहिलेसम्मकै उच्च वर्षा, २४ घन्टामा ५६३ मिलिमिटर

कञ्चरपुर। कञ्चरपुरको दोधारामा अहिलेसम्मकै उच्च वर्षा भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा ५६३ मिलिमिटर वर्षा भएको छ।

त्यस्तै कञ्चनपुरकै हनमान नगरमा पनि ५६१.४ मिलिमिटर नै वर्षा भएको छ। मौसमविद् गोविन्द झाका अनुसार नेपालमा वर्षा मापन गर्न थालिएयताकै यो अति भारी वर्षा हो।

यसअघि सन् २०१७ मा हेटौंडामा ५१६ मिलिमिटर वर्षा मापन भएको थियो। मौसमविद् गोविन्द झाका अनुसार सुदूरपश्चिम प्रदेशको अन्यत्र पनि भारी वर्षा भइरहेको छ। बाँकी भूभागमा हल्कादेखि मध्यम वर्षा भएको उनले बताए।

पछिल्लो २४ घन्टामा कञ्चनपुरको सुन्दरपुरमा ४२२ मिलिमिटर वर्षा भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक(डिएसपी) उमेश जोशीले महाकालीमा नेपाल तर्फका सबै ढोका खोलिएको जानकारी दिए। 

नेपाल तर्फका सबै ढोका खोलेपछि तटीय क्षेत्रका बस्तीहरू प्रभावित भएका छन् । ती बस्तीहरूमा पानी पसेपछि अहिले पनि उद्धारको काम चलिरहेको छ। 

नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा तीन दिन देखी चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।

पानीले खतराको सतह नाघेपछि शनिबार साँझदेखि शारदा ब्यारेजमा रोक लगाइएको सवारीसाधनको आवागमन अझै सुचारु भएको छैन ।  शारदा ब्यारेजमा महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक नाघेपछि चार पाङ्ग्रे सवारीसाधनमा रोक लगाउँदै आएको छ ।

barsha-1720397818.png