May 13, 2025, Tuesday
३० बैशाख २०८२, मंगलवार

नेपाल आइडल सिजन-५ को विजेता बने बर्दियाका करण परियार

काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन्। शनिबार भएको ग्राण्ड फिनालेमा अन्य तीन प्रस्तिस्पार्धीलाई पछि पार्दै उनले उपाधि जितेका हुन।

उनले पुरस्कारस्वरूप उपाधि ट्रफी, नगद २५ लाख रूपैयाँसहित विभिन्न उपहार समेत जितेका छन।

पोखराकी सलोमी गुरुङ फर्स्ट रनर अप र दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप घोषित भए। उनिीहरुले क्रमशः  नगद १० लाख र ५ लाख सहित विभिन्न उपहार जितेका छन।

दर्शकको भोटका आधारमा विजेता घोषणा गरिएको हो। एपिवान टेलिभिजनको स्टुडिओमा भएको फिनालेलाई टेलीभिजनसँगै नेपाल आइडलको युटयुबमा लाइभ गरिएको थियो।

यसपटक फिनालेमा पहिलो सिजनदेखिका प्रतिभावान प्रतिस्पर्धी, जो अहिले सांगीतिक क्षेत्रमा चर्चामा छन्, उनीहरूको समेत प्रस्तुति रहेको थियो।

न्य्हू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी जज रहेको शोलाई सुरेश पौडेलले निर्देशन गरेका हुन् । रिमा विश्वकर्मा र आशिफ शाह होस्टका रुपमा थिए।