June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

दार्चुलाको नौगाडमा भरुवा बन्दुकको गोली लागेर एकजनाको मृत्यु

दार्चुला । दार्चुलाको नौगाडमा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृथ्यु भएको छ । प्रहरीका अनुसार नौगाड गाउँपालिका–१ लक्सेरी नागु बस्ने अन्दाजी ५५ वर्षीय धङ्के डडालको गोली लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले दिएको जानकारी अनुसार नौगाड गाउँपालिका–१ लक्सेरीका ४५ वर्षीय जयसिंह डडालले मल्लासेली भन्ने वनमा सिकार खेल्ने क्रममा बन्दुक पड्काउदा टाउकोमा गोली लागेर डडालको घटनास्थलमै मृत्यु भएको हो ।

स्थानीयका अनुसार डडालले सोही वनमा पासा थापिरहेका थिए । गोली हान्ने जयसिंहलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको सूचना अधिकारी सिंहले जनाएका छन् ।