April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम सरकारले जेठ २० गते नीति तथा कार्यक्रम ल्याउने गर्‍यो तयारी, प्रतिपक्ष दलको बहिष्कार कायमै

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०८१ को प्राथमिकता र सिद्धान्तहरू प्रस्तुत गरेसंगै जेठ २० गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको हो ।

मुख्यमन्त्री दिर्घ सोडारीले आइतबार प्रदेश सभामा सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०८१ को प्राथमिकता र सिद्धान्तहरू प्रस्तुत गरेका छन् ।

सो विधेयक उपर अब छलफल चल्ने छ । तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी (रेशम पक्ष) ले निरन्तर प्रदेश सभा बैठक बहिष्कार गर्दै आइरहेका छन् ।

यसैबिच जेठ २० गते सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको सभामुख भीम बहादुर भण्डारीले बताए । सोही बमोजिम प्रदेश सभामाको बैठक आह्वान गरिएको सभामुख भण्डारीले बताएका छन् ।