February 14, 2025, Friday
२ फाल्गुन २०८१, शुक्रबार

खैरो हिरोइनसहित कञ्चनपुरमा एक युवक पक्राउ

कञ्चनपुर । लागुऔषध खैरो हिरोइनसहित कञ्चनपुरमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका-४ बसपार्कबाट खैरो हिरोइनसहित ३० वर्षीय भुवन शाहुलाई पक्राउ गरिएको हो ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरका प्रहरी वरिष्ठ नायव निरीक्षक केवबराज जोशीको नेतृत्वको टोलीले भीमदत्त नगरपालिका-४ बसपार्कबाट ३४.१ ग्राम खैरो हिरोइनसहित सोही नगरपालिका-१५ निम्बुखेडा बस्ने ३० वर्षीय शाहुलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

उनको साथबाट नगद ८ हजार रूपैयाँ र मोबाइल समेत बरामद गरिएको छ । शाहुलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।