April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको विपक्षमा मतदान गर्न नाउपाले लगायो ह्वीप

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न नागरिक उन्मुक्ति पार्टीको ह्वीप जारी गरेको छ। नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीबाट निर्वाचित सांसदलाई सामूहिक पत्र लेखेर मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेकी हुन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बिहीबार नै विश्वासको मत लिँदैछन् । हाल नागरिक उन्मुक्ति पार्टीका ५ जना सांसद शाह नेतृत्वको सरकारमा नै सामेल छन् ।

अध्यक्ष श्रेष्ठले पार्टी संसदीय दलको विधान नभएकाले पार्टीको महत्वपूर्ण निर्णयमा ह्वीप लगाउने अधिकार केन्द्रीय अध्यक्षलाई रहेको दाबी गरेकी छन् ।

मुख्यमन्त्री शाहले बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेको सन्दर्भमा यस्तो ह्विप कार्यान्वयन भएमा सरकार ढल्ने निश्चित छ । तर, नागरिक उन्मुक्ति पार्टीभित्र प्रदेश सरकारलाई साथ दिने कि नदिने भन्नेमा विवाद रहँदै आएको छ ।

विवाद चर्किँदै जाँदा सो पार्टीभित्र दुई दिनअघि हातहालाहालको स्थिति समेत भएको थियो ।