April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी बोकेको गाडी दुर्घटना, ३ जना गम्भीर घाइते

धनगढी। सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी सवार मिनीबस ठोक्किएर दुर्घटना भएको छ। शुक्रवारराति बर्दियाको भुरीगाउँबाट पश्चिमतर्फ आइरहेको विङ्गर र पश्चिमबाट पूर्वतिर गइरहेको मिनीबस आपसमा ठोक्किएर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख नमराज शाहीका अनुसार सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसका विद्यार्थी सवार गाडी शुक्रवारराति बर्दियाको भुरीगाउँमा पश्चिमतर्फ आइरहेको विङ्गर र पश्चिमबाट पूर्वतिर गइरहेको मिनीबस आपसमा ठोक्किएर दुर्घटना हुदाँ ३ जना विद्यार्थी गम्भीर घाइतेका भएका छन्।

प्रहरी प्रमुख शाहीका अनुसार घाइते हुनेमा भीमदत्त नगरपालिका-१८ बस्ने अन्दाजी वर्ष २५ का बिनोद भट्ट, अर्का २५ वर्षीय प्युस पाण्डे र ३४ वर्षीय जयन्तराज जोशी रहेका छन्।

विद्यार्थीहरु फिल्ड भिजिटका लागि जान लागेका थिए। उनीहरूसहित एमबिए प्रथम सेमेस्टरका १२ जना विद्यार्थी सवार गाडी अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको हो।

अहिले घाइते तीनै जनलाई उपचारका लागी कोहलपुर मेडिकल कलेज पठाईएको छ भने उनीहरूमध्ये एक जनालाई भारतको लखनउ लैजाने तयारी रहेको प्रहरीले जनाएको छ।