July 18, 2024, Thursday
३ श्रावण २०८१, बिहीबार

आगोले जलेर घाइते भएकी भण्डारीको उपचारको क्रममा मृत्यु

धनगढी । डोटीमा आगोले जलेर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । शिखर नगरपालिका वडा नम्बर ४ सेलपुङ्गाकी ४१ वर्षीया चन्द्रादेवी भण्डारी बिहीबार जंगलमा लागेको आगोले जलेर गम्भीर घाइते भएकी थिइन्।

आगोले जलेर गम्भीर घाइते भएकी भण्डारीको उपचारका क्रममा धनगढी स्थित निसर्ग अस्पतालमा उपचारको क्रममा हिजोराति १ बजेतिर मृत्यु भएको प्रहरी जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायण सिं नेगीका अनुसार दिउँसो करिब ४ बजेतिर पातालीसैन सामुदायिक वनमा सिँचाई योजनाको कुलो खन्ने क्रममा उनी जलेर घाइते भएकी थिइन् ।

२०/२५ जनाको समूहमा पातालीसैन सामुदायिक वनमा सिँचाई योजनाको कुलो खन्न गएकी भण्डारी वनमा लागेको आगोले जलेर घाइते भएकी हुन । भण्डारीको राजपुर स्थित सुजङ्ग अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी स्थित निसर्ग अस्पतालमा लगिएको थियो ।