April 18, 2026, Saturday
२०८३ बैशाख ५

चिसापानी पुलबाट हामफाल्दा बेपत्ता भएका युवाको खोजी कार्य जारी

धनगढी। कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर एक युवक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाहीले कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका हुन ।

होली पर्वको अवसरमा सोमबार दिउँसो चिसापानीस्थित कर्णाली पुलमाथिबाट नदीमा रमाइलो गर्दै पौडी खेल्न हाम फालेका १७ जनामध्ये शाही बेपत्ता भएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) कुलदिप चन्दका अनुसार बेपत्ता शाहको खोजी कार्य भइरहेको छ।

प्रवक्ता चन्दले घटनालगत्तै डुंगाबाट बेपत्ता शाहीको खोजीकार्य गरिए पनि फेला नपरेको बताए । सेनाको गोताखोर पठाइएको भए पनि हिजो राति परेकाले खोजी हुन नसकेको र मंगलबार बिहानैदेखि खोजी भैरहेको उनको भनाइ छ ।