कैलालीको मुडामा लाईटर र खुर्सानी बोकेको ट्रकमा आगलागी

धनगढी । कैलालीमा लाइटर बोकेको ट्रकमा आगलागी भएको छ । पूर्वपश्चिम राजमार्गको मुडामा अत्तरियातर्फ आउदै गरेको ट्रकमा आगलागी भएको हो ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र विकले दिएको जानकारी अनुसार विगरञ्जबाट धनगढी आउँदै गरेको प्र। ३–०३–००१ ख ००१२ नं को ट्रकमा आगलागी भएको हो ।
ट्रकमा लाइटर सहित खुर्सानी बोकेको उक्त ट्रकमा लाइटरकै कारण आगो लागेको प्रहरीले अनुमान गरेको छ । दिउँसो ३ बजेदेखी कैलालीको बर्दगोरिया गाउँपालिका १ मुडा बजार नजिक आगो लागेको थियो ।
ट्रकमा लागेको आगो प्रहरीसहितको टोलीले आगो नियन्त्रणमा लिएको छ। घोडाघोडी र लम्की चुहा नगरपालिकाको दमकल चाडै आउँदा आगो नियन्त्रणमा आएको प्रहरीले बताएको छ ।
मानविय क्षती नभएपनी ट्रक भित्र रहेको सामानमा क्षती भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक कुलदिप चन्दले बताएका छन्। उनले घटनाको थप अनुसन्धान भइरहेको बताए।
केही दिन अघि सोमबार मात्रै कर्णाली पुलमाथि लाइटर बोकेको ट्रक आगलागीको घटना नसेलाउदै अर्को ट्रकमा आगलागी भएको छ।





प्रतिकृया दिनुहोस्