पहिलो पटक मुश्लीम समुदायबाट नियुक्त भएका प्रदेश प्रमुख मियाँले गरे पदभार ग्रहण

धनगढी । सुदूरपश्चिम प्रदेमा नियुक्त भएका प्रदेश प्रमुख नजीर मियाँले शुक्रबार पदभार ग्रहण गरेका छन्। प्रदेश प्रमुखको कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन्।
नजीर मियाँ, लोकतान्त्रिक गणतन्त्रपछि मुश्लीम समुदायबाट पहिलो प्रदेश प्रमुख नियुक्त हुन्। नयाँ गठबन्धनको सरकारले यसअघिका प्रदेश प्रमुख देवराज जोशीलाई हटाएर मियाँलाई सिफारिस गरेको थियो।
पदभार ग्रहणपछि उनले प्रदेशको काम इमान्दारिताका साथ गर्ने प्रतिवद्धता गरे। ‘म प्रदेशमा रहँदासम्म इमान्दारिताका साथ काम गर्नेछु। कसैसँग पक्षपात गर्नेछैन। सम्पूर्ण जनतालाई समान ब्यवहार गर्नेछु,’ उनले भने।
प्रदेश प्रमुख मियाँले आफूले सुदूरपश्चिमबाट जाँदा सबैले राम्रो काम गर्यो भन्ने वातावरण बनाउन कोसिस गर्ने बताए। ‘म यहाँबाट जाँदा सबैले राम्रो काम गर्यो भनून, म कानुनबमोजिम जनताको पक्षमा काम गर्नेछु,’ उनले भने।
सोमवार नयाँ गठबन्धनको सरकारले मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको थियो। बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले मधेसमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई प्रदेश नियुक्त गरेका हुन्।
नेपाल मुस्लिम इत्तेहाद संगठनका पूर्व अध्यक्षसमेत रहेका नजीर मियाँ, लोकतान्त्रिक गणतन्त्रको मुश्लीम समुदायबाट पहिलो प्रदेश प्रमुख हुन्।





प्रतिकृया दिनुहोस्