April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशमा सरकार बिस्तार, तीन मन्त्रीले लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज मन्त्रिपरिषद् बिस्तार गरेका छन् । मुख्यमन्त्री शाहले आज नागरिक उन्मुक्तिका तीन जनालाई सांसद मन्त्रीमा नियुक्त गर्न गरेका हुन् ।

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री,  इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री  र खुसीराम चौधरीलाई बिना विभागीय मन्त्री नियुक्त गर्न गरेका हुन् ।

आज तिनै जना मन्त्रीले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख देवराज जोशीले मन्त्री हरुलाई पद तथा गोपनियताकाे सपथ ग्रहण गराएका छन्, भने मुख्यमन्त्री शाहले राज्यमन्त्री गिरि लाई पद तथा गोपनियताको सपथ गराएका हुन ।

यसअघि भौतिक पूर्वाधार विकास मन्त्रीमा प्रकाश देउवा, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा शिवराज भटट्, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरीले जिम्मेवारीमा छन् ।

बाँकी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहले आफूसँगै राखेका छन् । मुख्यमन्त्री शाहले मन्त्री मण्डल विस्तार गरेको यो चौथो पटक हो ।

मुख्यमन्त्री शाहले राप्रपाकि सासंद् खेमादेवी बिष्ट र स्वतन्त्र सांसद ताराप्रसाद जाेशीलाई मन्त्रीमा नियुक्त गर्ने तयारी गरेका थिए । तर राप्रपाकी सांसद विष्टले अस्वीकार गरेपछि बिहीबार सरकार विस्तार राेकिएकाे थियाे ।

सांसद विष्टले पार्टिको केन्द्रिय निर्णय नआए सम्म सरकारमा सहभागी नहुने बताएकी छन् । स्वतन्त्र सांसद जोशी पनि आफूले यस विषयमा कुनै निर्णय नगरेको बताउँछन् ।

नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाह माओवादी र एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका छन्। ५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सरकारको बहुमतका लागि २७ जना आवश्यक रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १८, माओवादी केन्द्रका सभामुख सहित ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । राप्रपा र स्वतन्त्र १/१ सांसद रहेका छन् ।

मुख्ममन्त्री शाह मन्त्रिमण्डलमा नागरिक उन्मुक्तिसँगै स्वतन्त्र सांसद तारा जोशी र राष्ट्रिय प्रजातन्त्र पार्टीकी खेमादेवी विष्टलाई पनि समावेश गर्ने तयारीमा छन्।

जाेशी र विष्टले साथ दिए प्रदेशमा कांग्रेस नेतृत्वकाे सरकार नै कायम रहने छ।

Capture1