April 18, 2026, Saturday
२०८३ बैशाख ५

कैलालीको एक सामुदायिक वनमा फँडानी, अध्यक्ष चौधरी पक्राउ

धनगढी । कैलालीको एक सामुदायिक वनमा फँडानी गरिएको छ। कैलालीको भजनीमा रहेको सरस्वती सामुदायिक वनमा फँडानी गरिएपछी अध्यक्ष बुधराम चौधरीलाई पक्राउ गरेको छ।

सामुदायिक वनले झाडी सफा गर्ने भन्दै ठुला काठहरूसमेत कटानी गरेपछि अध्यक्ष चौधरी पक्राउ गरेको सब डिभिजन वन कार्यालय सुखडका प्रमुख नितेश भटराईले जानकारी दिएका हुन।

सब डिभिजन वन कार्यालय सुखडका प्रमुख भटराईका अनुसार अध्यक्ष चौधरीलाई नेकपाको युवा संगठनले नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको हो।

सामुदायिक वनको वार्षिक कार्यक्रम अनुसार झाडी सफा गर्ने नीति हुन्छ। तर, सरस्वती सामुदायिक वनमा काठहरूसमेत काटिएको भन्दै युवाहरूले विरोध गरेका थिए।

सामुदायिक वनबाट जामुन लगातका रुखहरू कटानी गरिएको छ। सब डिभिजन वन कार्यालय सुखडका प्रमुख भटराईले सोधपुछका लागि अध्यक्ष चौधरीलाई नियन्त्रणमा लिएको बताएका छन्। उनले वार्षिक कार्यक्रम र जंगलमा फँडानी भएका काठको विषयमा अनुसन्धान जारी हरेको बताए।