April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

एमाले कैलाली अध्यक्षका लागी चार जनाले दिए उम्मेदवारी, अन्य पदमा को को छन् उम्मेदवार ?

धनगढी । नेकपा एमाले कैलाली जिल्ला अध्यक्षका लागी चार जनाले दिए उम्मेदवारी दिएका छन् । एमाले कैलाली जिल्ला अधिवेशनको चौथो दिन आज मतदान हुने भएपछि अध्यक्षमा चार जनाले उम्मेदवारल मनोनयन दर्ता गरेका हुन् ।

एमाले कैलाली जिल्ला अधिवेशनका प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराका अनुसार अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी, डेजी पाण्डे र कमलसिंह रानाले उम्मेदवारी दिएका छन् ।

उपाध्यक्षमा विष्णु चौधरी, वीरेन्द्र रावल, आनन्द भट्ट, मदनराज ओझा, दलबहादुर विष्ट र लोकेन्द्रबहादुर शाहीले उम्मेदवारी दिएका छन् । सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा, र ममता प्रसाद चौधरीले उम्मेदवारी दिएका छन् ।

त्येसैगरी उपसचिवमा राजु गुरुङ,किशोर शाह, चुडामणी भट्ट, मदनराज रेग्मी, नृप खड्का, रत्ना कुवर जोशी, भुवन रिजाल , चक्र बहादुर विष्ट, अम्बिका विष्ट मल्ल, गङ्गा कुमारी चौधरी शान्ति देवी सिंह र गीता चौधरीले उम्मेदवारी दिएका छन् ।