April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

एमाले कैलालीको अधिवेशनका लागी आज उम्मेदवारी दर्ता हुँदै, २ बजे देखी मतदान सुरु हुने

कैलाली । नेकपा एमाले कैलालीको अधिवेशनका लागी आज उम्मेदवारी दर्ता हुने भएको छ । एमाले कैलाली जिल्ला अधिवेशनको चौथो दिन आजै उम्मेदवारी दर्ता गरी मतदान हुने भएको हो ।

एमाले कैलाली जिल्ला अधिवेशनका प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले आजै उम्मेदवारी दर्ता गरी २ बजे देखी मतदान हुने जानकारी दिएका हुन । यस अघि सार्वजनिक गरिएको निर्वाचन तालिकामा १० बजे देखी मतदानको समय निर्धारण गरिएको थियो । तर, तयारी नभएको भन्दै हिजै राति आज बिहान सम्मको लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो ।

प्रमुख निर्वाचन अधिकृत जोराका अनुसार अहिले बिहान अर्को तालिका जारी गर्दै दिउसो २ बजे देखी ५ बजे सम्म मतदान हुने बताएका छन् । मतदाताको अन्तिम नामावली प्रकाशन गरेर अहिले उम्मेदवारी दर्ता भइरहेको प्रमुख निर्वाचन अधिकृत जोराले बताए ।

अध्यक्ष पदमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी र डेजी पाण्डेले दाबी गरिरहेका छन् । जोशीले आफ्नो टिम नै सार्वजनिक गरिसकेका छन् भने अन्य उम्मेदवारहरूले भने टिम औपचारिक रुपमा सार्वजनिक गरेका छैनन् ।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कैलाली जिल्लाको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए।