कैलालीको शंकरपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु

धनगढी । बसको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको गौरीगङ्गा नगरपालिका वडा नं ९ शंकरपुरमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बसको ठक्करबाट से ३ प ९३ न मोटरसाइकलमा सवार गौरीगङ्गा ८ बढैपुरका ३८र३९ वर्षीय गोपी नेपालीको ज्यान गएको हो । पश्चिमबाट पूर्व तर्फ जाँदै गरेका नेपालीको सोही दिशामा यात्रु झर्दै गरेको ना ५ ख ९६४६ नम्बरको बसमा ठोकिएर अनियन्त्रित भई सडकमा लडेका थिए।
पश्चिम तर्फ जाँदै गरेको ना६ख ७४४३ नम्बरको बसको ठक्करबाट नेपालीको घटनास्थलमै ज्यान गएको स्थानीयले बताएका छन् । मृतक बढैपुर सुकुम्वासी शिविरमा बस्दै आएका थिए ।
दुर्घटनाको छानबिनको लागि दुबै बस इलाका प्रहरी कार्यालय चौमालाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कुलदिप चन्दले जानकारी दिएका छन् ।





प्रतिकृया दिनुहोस्