February 24, 2024, Saturday
१२ फाल्गुन २०८०, शनिबार

सुदूरपश्चिम प्रदेश सरकारले लगानी सम्मेलनको मिति सार्‍यो

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले गर्ने लगानी सम्मेलनको मिति सारेको छ । प्रदेश सरकारले अगामी फागुन २३ र २४ गते धनगढीमा आयोजना गर्ने ‘लगानी तथा विकास सम्मेलन’ अर्को वर्ष गर्नेगरि सारिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को माघ १२ गते बसेको बैठकले सम्मेलनको तयारी नपुगेको भन्दै तत्कालका लागि सम्मेलनको मिति सार्ने निर्णय गरेको हो।

सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन कार्यकारी समितिका संयोजक समेत रहेका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले १२ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले अगामी असोज २१ र २२ गते गर्नेगरि सम्मेलनको मिति सारिएको जानकारी दिएका हुन ।

प्रदेश सरकारले सुदूरपश्चिममा लगानी भित्र्याउन र लगानीमैत्री वातावरण बनाउने भन्दै मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा मूल आयोजक समिति गठन गर्दै लगानी सम्मेलनको तयारी अघि बढाएको थियो ।

सुदूरपश्चिममा समितिले ५६ वटा परियोजना पहिचान गरी प्रारम्भिक सूची तयार गरिसकेको थियो । तर, अझै व्यापक तयारी आवश्यक रहेको भन्दै मिति सारिएको मन्त्री शाहीले जानकारी दिए।