February 24, 2024, Saturday
१२ फाल्गुन २०८०, शनिबार

सुदूरपश्चिम काँग्रेसले खटायो ३२ निर्वाचन क्षेत्रमा प्रतिनिधि

धनगढी । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशले खटायो ३२ निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएको छ । प्रदेश कार्यसमितिले प्रदेशका ९ वटै जिल्लाका ३२ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा आफ्ना प्रतिनिधि खटाएको हो ।

नेपाली काँग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम माघ १३ देखि माघ २६ गते सम्म देश ब्यापी रुपमा सुरु भएको “समुदायमा काँग्रेस” अभियान अन्तर्गत नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आफ्ना प्रतिनिधि खटाएको हो ।

काँग्रेसले माघ १३ देखि माघ २६ गते सम्म “समुदायमा काँग्रेस” अभियान सञ्चालन गरेको छ । अभियानलाई सफल पार्न नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यबाहक सभापति लोकराज अवस्थीले ९ वटै जिल्लालाई प्रतिनिधि खटाएको परिपत्र गरेको नेपाली काँग्रेस सुदूरपश्चिम पार्टी प्रबक्ता समेत रहेका प्रदेश कार्यसमिति सदस्य सुरत रावत डोटेली कान्छाले बताए ।

खटाईएको प्रतिनिधिहरु लाई समुदायमा काँग्रेस अभियानलाई सफल पार्न जिल्ला ,प्रतिनिधि सभा र प्रदेश सभा संग समन्वय गरि केन्द्रीय टोलीलाई सघाउन निर्देशन दिईएको छ ।

खटाईएका प्रतिनिधिहरु