February 24, 2024, Saturday
१२ फाल्गुन २०८०, शनिबार

गौरिगङगा नगरपालिकाको सर्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

धनगढी । कैलालीको गौरिगङगा नगरपालिकाको वार्षिक समिक्षा तथा सर्बजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नगरपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा सार्बजनिक सुनुवाइ भएको हो ।

कार्यक्रममा नगरपालिकाले दिने सेवा प्रवाह, कार्य सम्पादन लगायतका विषयमा सहभागीले जिज्ञासा राखेका थिए । गौरिगङगा नगरपालिका र चुरे गाउँ पालिका विच लामाे समय देखि सिमा विवाद भएपनि सुल्झाउन नसकेकाे भन्दै सहभागीले चाडाे समाधान गर्न सुझाव दिए ।

गौरिगङगा नगरपालिकाका नगर प्रमुख देबिदत्त कडेलले सर्बजनिक सुनुवाइ कार्यक्रममा प्राप्त सुझावलाई सम्पत्तिको रूपमा लिने बताए । गौरिगङगा नगरपालिकाका नगर उपप्रमुख भाेज बहादुर बमले सार्वजनिक सुनुवाइ, सामाजिक लेखापरीक्षण , नागरिक प्रतिवेदन, सामाजिक परिक्षण सुशासन प्रबर्द्धनका औजार भएको बताए ।

लोकतन्त्र खुला शासन ब्यबस्था हो नगर उपप्रमुख बमले भने,” त्यसैले जनप्रतिनिधि पनि खुला हुनुपर्छ ।” म सार्बजनिक पद धारणा गरेका ब्याक्तीको जीवन शैली पनि लोकतान्त्रिक हुनुपर्छ भन्ने मान्नेता राख्ने मान्छे हो नगर उपप्रमुख बमले भने,सर्बजनिक सुनुवाइमा उठेका बिषयलाई सम्पत्तिको रूपमा लिनुपर्छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि , स्थानीय , जनप्रतिनिधि , कर्मचारी , पत्रकार र नागरिक समाजका प्रतिनिधिको सहभागिता रहेको थियोे ।