February 14, 2025, Friday
२ फाल्गुन २०८१, शुक्रबार

दार्चुलामा बस दुर्घटना हुँदा १७ जना घाइते

दार्चुला । दार्चुलामा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। महेन्द्रनगरतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका–५ मा दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका हुन्।

सदरमुकाम खलङ्गाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बस महाकाली नगरपालिका–५ स्थित डम्पिङ साइड नजिकै आज बिहान दुर्घटना हुँदा १७ जना घाइते भएको दार्चुला प्रहरी प्रवक्ता  ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिएका हुन ।

घाइतेमध्ये एकजना गम्भीर, दुईजना मध्यम र अन्यको सामान्य अवस्था छ। उनीहरु सबै परिचय खुलेको छ। घाइतेको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । बस सडकबाट करिब २० मिटर तल खसेको जनाइएको छ।   

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बसमा सवार दार्चुलाको दुहुँ गाउँपालिका–५ बस्ने ५२ वर्षीय दिलबहादुर बम र व्यास गाउँपालिका–४ बस्ने ५४ वर्षीय परमानन्द भट्ट गम्भीर घाइते भएका छन्। अन्य १४ जना घाइतेको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। बस दुर्घटनामा घाइते हुनेहरु सबै दार्चुला, बैतडी र कञ्चनपुरका रहेका छन्।

घाइतेहरुः
१) बैतडीको पाटन नगरपालिका–१० खोड्पे बस्ने १७ वर्षको लक्ष्मण महरा
२) बैतडीको दशरथचन्द नगरपालिका–४ खलंगा बस्ने २४ वर्षीय प्रशान्त पौडेल
३) दुहुँ गाउँपालिका– ५ बस्ने २३ वर्षीया कमला बम
४) कमला बमको ४ वर्षीय छोरा हिमान्सु बम
५) महाकाली नगरपालिका–५ बस्ने ६० वर्षीया पशुपति टमटा
६) अपिहिमाल गाउँपालिका–३ खण्डेश्वरी बस्ने १७ वर्षीय भरत धामी
७) महाकाली नगरपालिका– ५ बस्ने १९ वर्षीया निरुता ओड
८) महाकाली नगरपालिका– १ बस्ने ३१ वर्षीय लालसिंह कार्की
९) बैतडीको मेलौली नगरपालिका–६ बस्ने २८ वर्षीय तारादत्त ओझा
१०) कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणी बस्ने ३६ वर्षको महेश भट्ट९चालक०
११) मार्मा गाउँपालिका–६ बस्ने ४० वर्षीय नरेन्द्र धामी
१२) दुहुँ गाउँपालिका–३ बस्ने ३५ वर्षीय भरतसिंह कार्की
१३) शुक्लाफाँटा नगरपालिका– १० झलारी बस्ने २५ वर्षीय जनक ठगुन्ना
१५) शुक्लाफाँटा नगरपालिका–१० बस्ने २४ वर्षीय भुवन ठगुन्ना