फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित

काठमाडौँ : फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सम्पन्न खेलमा उज्वेकिस्तानविरुद्ध कोलोम्बियाले ३-१ को जित निकालेको छ।
मेक्सिको सिटीस्थित एज्टेका रंगशालामा विश्वकपअन्तर्गत समूह ‘के’ को रोमाञ्चक खेलमा उज्वेकिस्तानविरुद्ध कोलोम्बियाले ३-१ को जित निकालेको हो। कोलोम्बिया जामिन्टोन क्यामपाजले खेलको ९० प्लस ९ मिनेटमा तेस्रो गोल गरेका थिए।
यसअघि, उज्वेकिस्तानले गोल गरेपछि कोलोम्बियाले पुन: गोल फर्काउँदै कोलोम्बियाले २-१ को अग्रता लिएको थियो।
खेलको ४०औँ मिनेटमा डेनियल मुनोजले गोल गर्दै कोलोम्बियालाई अग्रता दिलाएका थिए। त्यसपछि, उज्वेकिस्तानका अब्बोसबेक फायजुलिभले खर्लको ६० औँ मिनेटमा गोल गरेर बराबरीमा ल्याएका थिए।
लगत्तै कोलोम्बियाका लुइस डियाजले ६५ औँ मिनेटमा दोस्रो गोल गरेर फेरि अग्रता कायम गरेका छन्।
एसियाली राष्ट्र उज्बेकिस्तानले यसै खेलबाट विश्वकपमा डेब्यु गरेको हो। सन् २००६ मा इटालीलाई विश्वकप जिताउँदाका कप्तान फाबियो कानभारो हाल उज्बेकिस्तानको प्रशिक्षक छन्।
सन् २०२२ को विश्वकपमा छनोट हुन नसकेको कोलम्बिया यस पटकको प्रतियोगितामा उत्कृष्ट सुरुआत गर्न सफल भएको छ। यो जितसँगै कोलम्बिया समूह ‘के’ को शीर्ष स्थानमा छ।
समूहको अर्को खेलमा पोर्चुगल र डिआर कंगोले १-१ को बराबरी खेलेका थिए। अब उज्बेकिस्तानले पोर्चुगलसँग खेल्नेछ भने कोलम्बियाले डिआर कंगोसँग प्रतिस्पर्धा गर्नेछ।





प्रतिकृया दिनुहोस्