February 24, 2024, Saturday
१२ फाल्गुन २०८०, शनिबार

धनगढी उपमहानगरपालिकाले त्रिनगरका शिक्षकलाई सरुवा गरेपछि विद्यार्थी आन्दोलित

धनगढी। धनगढीको त्रिनगर माध्यामिक विद्यालयका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन । शैक्षिकशत्रको बिचमा आएर धनगढी उपमहानगरपालिकाले शिक्षकलाई सरुवा गरेपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन ।

विद्यालयमा शिक्षक आवश्यक परेको बेला भएको दरबन्दी कटौति गरेर शिक्षकलाई पनि सरुवा गरेपछि विद्यार्थी आन्दोलित भएका हुन। दुई हजार तीन सय ८० विद्यार्थी अध्ययनरत रहेको त्रिनगरमा विज्ञान विषयका शिक्षक नेत्र कडायतको सरुवा गरेको हो ।

विद्यार्थी संख्या अनुसार शिक्षकको संख्या कम भएको वेला अझ विज्ञान विषयका शिक्षकको सरुवा भएपछि आक्रोसित बनेका विद्यार्थीहरुले जिल्ला प्रसाशन कार्यालय हुदै धनगढी उपमाहानगरपालिका अगाडी आन्दोलन गरिरहेका छन ।

त्रिनगर माबिमा अहिले ९ जना शिक्षक कार्यरत रहेकामा एक जनाको सरुवा भएपछि अब ८ जना मात्र शिक्षक कार्यरत रहेका छन्।

विद्यालयका तर्फबाट शिक्षक कडायतलाई सरुवा नगरेर विज्ञान विषयकै अर्का शिक्षकलाई सरुवा गर्न लिखित निवेदन पेस गरेपनि उपमहानगरपालिकाले नमानेको विद्यार्थीहरुले गुनासो गरेका छन ।

उपमहानगरपालिकाले शिक्षक कडायत सुरुवा खारेज नभए सम्म विद्यालय बन्द गेरर विद्यार्थीहरु आन्दोलन गरिरहने चेतावनि दिएका छन । साथै त्रिनगरमा थप २३ जना शिक्षक थपेर दिनु पर्ने माग पनि विद्यार्थीहरुले राखेका छन ।

विद्यालयका प्रधानाध्यापक भुपाल खड्काले शिक्षक मिलानको क्रममा उपमहानगरपालिकाबाट दरबन्दी थप्नुपर्नेमा कटौति भएपछि विद्यार्थीहरुले विरोध गरेको बताए। यस विद्यालयमा शिक्षकको दरबन्दी थप्नुपर्ने देखिएको छ तर भएकै दरबन्दी पनि कटौति भएपछि विरोध भएको हो, उनले भने।