April 18, 2026, Saturday
२०८३ बैशाख ५

घरमै गएर ह्वील चियर हस्तान्तरण

कैलाली । विगत एक वर्षदेखि ओछ्यानमै रहेका गौरीगंगा -८, वढैपुरका ७८ वर्षिय भानदेव जोशीलाई घरभित्र बाहिर आउजाउ गर्न सहज होस् भनेर श्री केदार भागेश्वर बरालगाउँ समाजको पहलमा नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र कैलाली शाखाद्वारा ह्वील चियर प्रदान गरिएको छ ।

विगत एक वर्षदेखि ओछ्यानमै दिन विताइरहेका जोशीको दैनिकी सहज होस् भनेर नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र कैलाली शाखाद्वारा ह्वील चियर प्रदान गरिएक‍ो शाखा प्रमुख खेमराज भण्डारीले बताए ।

नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र कैलाली शाखाद्वारा प्रदान गरिएको ह्वील चियर श्री केदार भागेश्वर बरालगाउँ समाजका सह सचिव तथा पत्रकार पुष्पराज जोशीले अपाङ्गता रहेका जोशीकै घरमा गएर हस्तान्तरण गरिएको छ ।

ह्वील चियरले कोठाभित्रै दिन विताइरहेको आफूलाई भित्र बाहिर जान सहज हुने उनले बताए । अपाङ्गता रहेका जोशी श्री केदार भागेश्वर बरालगाउँ समाजका सदस्य समेत हुन् ।