April 18, 2026, Saturday
२०८३ बैशाख ५

प्रथम बडिकेदार टि-२० क्रिकेट प्रतियोगिताको उपाधी रेडियो बडिकेदारलाई

डोटी । प्रथम बडिकेदार टि-२० क्रिकेट प्रतियोगिताको उपाधी रेडियो बडिकेदारले हात पारेको छ । डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ५ लानामा आयोजना गरेको गाउँपालिका स्तरीय प्रथम टि-२० क्रिकेट प्रतियोगिताको उपाधी सामुदायिक रेडियो बडिकेदार १०६.२ मेगाहर्जले हात पारेको हो ।

तिहारको अबसरमा कार्तिक २३ गते देखि संचालन भएको गाउँपालिका स्तरीय प्रथम टि-२० क्रिकेट प्रतियोगिता बडिकेदार गाउँपालिका वडा ५ को युबा बर्ष आधारभुत बिधालयको खेल मैदानमा आयोजनामा भएको थियो ।

फाइनल खेलमा जनजागरण युबा कल्ब घाङ्गलले दिएको ७४ रनको लक्ष्य पछ्याएर सामुदायिक रेडियो बडिकेदारले ८ ओभर ३ बलमै ६ बिकेट गुमाएर उपाधी हात पारेको हो ।

जनजागरण युबा कल्ब घाङ्गलले १५ ओभरमा अल आउट हुँदै मात्र ७४ रन बनाएको थियो । उपाधी बिजेता सामुदायिक रेडियो बडिकेदारले नगद ३५ हजार रुपैयाँ र उपबिजेताले जनजागरण युबा कल्ब घाङगले नगद १५ हजार रुपैयाँका साथै ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छ्न ।

खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै रनुकाडा युवा क्लब र अत्तरकाडा युवा क्लब सान्त्वना भएसङै समान नगद ५/५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।

बिहीबार देखि सुरु भएको गाउँपालिका स्तरीय प्रथम बडीकेदार टि-२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा म्याच अफ द म्यान धन बहादुर बोहरा, म्यान अफ द सिरिज नरेन साउँद, सेमिफाइनलमा वेस्ट बलर दीपक बम, फाईनलमा वेस्ट बलर नवीन चन्द उत्कृष्ट बलर प्रेम धर्ती काकु घोषित भएका थिए ।

विजयी तथा अन्य खेलाडीलाई वडा नम्बर ५ का वडा अध्यक्ष पदम सिंह बोहरा, पुरस्कार, ट्रफी प्रमाण पत्र वितरण गरेका थिए । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।