April 18, 2026, Saturday
२०८३ बैशाख ५

खिमडीतर्फ गइरहेको जिप दुर्घटना हुँदा चार जना घाइते

धनगढी । जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । प्रहरीका अनुसार कैलालीको मोहन्याल गाउँपालिकामा डोकेबजारबाट खिमडीतर्फ गइरहेको जिप शुक्रबार साँझ दुर्घटना हुँदा चार जना घाइते भएका हुन ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार मोहन्याल गाउँपालिका–४ को बजेडीमा डोकेबजारबाट खिमडीतर्फ गइरहेको भे १ ज ६१६३ नम्बरको जिप दुर्घटना हुँदा डोटीको बडिकेदार गाउँपालिका-३ बस्ने ३९ वर्षीया सरिता बुढा, ३३ वर्षीय मनिष रोक्का, मोहन्याल गाउँपालिका-४ बस्ने ५० वर्षीया धनसरा मास्के र ३९ वर्षीया कमला पुनमगर घाइते भएका हुन ।

घाइतेहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । जिप चालक मोहन्याल गाउँपालिका-४ बस्ने २५ वर्षीय रामबहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले जिप ब्रेक फेल भएर दुर्घटना भएको जनाएको छ ।