April 18, 2026, Saturday
२०८३ बैशाख ५

लिटिल फ्लावर प्रमियर लिगको आठौँ संस्करण मंसिर ९ गतेबाट सुरु हुने

धनगढी । लिटिल फ्लावर प्रमियर लिगको आठौँ संस्करण मंसिर ९ गतेबाट सुरु हुने भएको छ । आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक लिटिल फ्लावर स्पोर्टस क्लवले प्रतियोगिताबारे जानकारी गराएको हो ।

लिटिल फ्लावर स्पोर्टस क्लबका अध्यक्ष रामचन्द्र शाहीले मङ्सिर ९ गतेबाट सुरु हुने प्रतियोगिता मङ्सिर २३ गते फाप्ला क्रिकेट मैदानमा हुने बताएका हुन ।

प्रतियोगिताको विजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ ट्रफि मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेताले १ लाख २८ हजार ट्रफि मेडल र प्रमाण पत्र पाउने छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट बलर र व्याटरले जनही सात हजार ५ सय पाउने छन् । त्यस्तै उदयमान खेलाडीले ५ हजार एवम् र ट्रफि मेडल र प्रमाण पत्र पाउने छन् ।

प्रतियोगितामा काठमाडौँ, दाङ, रौतहट, कैलाली र कञ्चनपुरबाट १६ वटा टिम सहभागी हुने आयोजकले जनाएको छ । यस प्रतियोगितामा राष्ट्रिय खेलाडीहरूको समेत सहभागिता रहने अध्यक्ष शाहीले बताए।

बिगतमा बिद्यालय स्तरिय हुने प्रतियोगिता यस पटक खुल्ला हुने भएको छ । लिटिल फ्लावर स्पोर्टस क्लबका शाहीले बिद्यालय स्तरको प्रतियोगिता आगामी दिनमा आयोजना गर्ने र यो प्रतियोगिता खुला रुपमा सञ्चालन हुने बताए ।