बरालगाउँ समाजको अध्यक्षतामा चेतराज जोशी सर्वसम्मत निर्वाचित

धनगढी । श्री केदार भागेश्वर बरलगाउँ समाज कैलालीको अध्यक्षतामा चेतराज जोशी सर्वसम्मत निर्वाचित भएका छन् ।
डोटीको बडिकेदार गाउँपालिका–४, बरालगाउँ पुख्र्यौली घर भई कैलालीको मसुरिया, चौमाला र धनगढीमा बसाइँसरी स्थायी बसोबास गरिरहेका बरालगाइँहरुको साझा संस्था बरलगाउँ समाजको अध्यक्षतामा जोशीसहित १३ सदस्य नयाँ कार्यमिति निर्विरोध निर्वाचित भएको हो ।
यस्तै उपाध्यक्षमा टेकराज जोशी (तारानगर), सचिवमा माधव जोशी (सेतोपुल), सह सहचिवमा पुष्पराज जोशी(उत्तरबेहडी), कोषाध्यक्षमा सिद्धराज जोश ‘आर.पी.सर’ (जाइँ), सदस्यमा मिनादेवी जोशी (गाउँ धनगढी), लक्ष्मी पाठक जोशी (जाइँ), ममता जोशी (तारानगर), हेमराज जोशी (मसुरिया मट्कौना), डिल्लीराज जोशी (मसुरिया लिक्मा), लालबहादुर बोहरा (जाइँ), गोरबहादुर बिक (कैलारी गदरिया), हरिप्रसाद जोशी (मसुरिया, मट्कौना) सर्वसम्मत चयन भएका छन् ।

सर्वसम्मत निर्वाचितपछि बोल्दै समाजका अध्यक्ष चेतराज जोशीले आफूहरुको पुख्र्यौली थलो डोटीको बरालगाउँदेखि कैलाली, काठमाडौं तथा अमेरिका र अष्ट्रेलियामा बसोबास गर्दै आएकाहरुलाई संगठित गर्दै समाजमा जोड्ने प्रतिवद्धता गरे ।
अध्यक्षतामा जोशीले भने,‘समाजलाई सुव्यवस्थित गर्नका लागि पहाडदेखि तराईँसम्मलाई जोड्न म कुनै कसर बाँकी राख्दिन ।’ उनले बरालगाउँमा पुख्र्यौली घर र अहिले बसोबास गरिरहेका दाजुभाईको सम्बन्ध कायम गर्नुका साथै गोतियारको अभिभारा कायम गर्न आफू जस्तोसुकै मूल्य चुकाउने बताए । उनले भने,‘यो बरालगाउँ समाज मात्रै नभई दाजुभाइलाई समस्या पर्दा सहयोग गर्ने थलोका रुपमा उभ्याउन चाहन्छु ।’
कार्यक्रममा बरालगाउँका समाजसेवी तथा निवर्तमान अध्यक्ष प्रेमराज जोशी, समाजसेवी डम्मरराज जोशी, करुणाकर जोशी लगायतका व्यक्तिहरुले मन्तव्य राखेका थिए ।





प्रतिकृया दिनुहोस्