June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

प्रहरी नायब निरीक्षक नै जुवाखालबाटै पक्राउ पछि….

कञ्चनपुर । कञ्चनपुरमा जुवा खालबाट एक प्रहरी नायब निरीक्षक (सई) सहित आठ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार नेपाल प्रहरीका एक नायब निरीक्षक (सई) सहित जुवाखालबाट आठ जना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार भीमदत्त नगरपालिका-७ हल्दुखालस्थित खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगरमा कार्यरत प्रहरी नायब निरीक्षक पदम थापासहित आठ जना पक्राउ परेका हुन्।

जुवाखालबाट प्रहरी नायब निरीक्षक थापा सहित पारस भट्ट, सञ्जय विष्ट, भक्तबहादुर धामी, जयबहादुर बोहरा, किसी ठाकुर, डम्बर कुँवर र नरेन्द्र पाण्डे पक्राउ परेको प्रहरीले जानकारी दिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले १ लाख १४ हजार १ सय १० रुपैँया नगद, १ गड्डी तास, ६ थान मोटरसाइकल र स्कुटी १ थानसहित उनीहरूलाई पक्राउ गरेको छ।

पक्राउ परेका प्रहरी नायब निरीक्षक थापालाई निलम्बन गर्ने तयारी भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।