गोली प्रहारबाट गम्भीर घाइते भएका प्रधानाध्यापक सरार्फको मृत्यु

बारा । बारामा गोली प्रहारबाट गम्भीर घाइते भएका प्रधानाध्यापक रुपेश सरार्फ (गुड्डु) को मृत्यु भएको छ । बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक सरार्फको उपचारको क्रममा मृत्यु भएको हो ।
भारतीय नम्बर प्लेटका मोटरसाइकल आएका अज्ञात समूहले करिब एक घण्टा अगाडि बाराको कैलयामा गोली प्रहारबाट घाइते भएका स्वर्णकारको उपचारको क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको हो ।
स्वर्णकारको शव अहिले बयोधा अस्पतालमै राखिएको बारा प्रहरी बताएको छ । कलैया अस्पतालमा उपचार हुन नसकेपछि अन्तिममा उनलाई बयोधा अस्पताल लगिएको थियो । अज्ञात समूहद्वारा कलैया निवासी रुपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार गरिएको थियो ।
अज्ञात समूहले मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार गरिएको थियो । बारा प्रहरीका अनुसार स्वर्णकारको टाउँको र छातीमा गोली प्रहार भएको थियो । गोली चलाउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार गोली प्रहार गर्ने अज्ञात समूहका दुई जना कलैया बजार तर्फ भागेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए।
उनीहरुलाई नेपालबाट बाहिर जान नदिन नाकाहरुमा विशेष निगरानी गरिएको उपरीक्षक काफ्लेले जानकारी दिए।
अन्दाजी ३५ वर्षीय स्वर्णकार कलैया ६ का बासिन्दा रहेको बारा प्रहरी प्रमुख काफ्ले जनाए । स्वर्णकारले कलैयामा बाल एकता बोर्डिङ सञ्चाल गरेका छन् । गोली प्रहारमा मारिएका सराफको कलैया बजारमा सुन चाँदीको पसल समेत रहेको छ।





प्रतिकृया दिनुहोस्