June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

बारामा गोली चल्यो, एक जना प्रधानाध्यापक घाइते

काठमाडौं । बाराको मस्जिद चोकमा गोली चलेको छ । बाल एकता इङिलस बोर्डिङ्ग स्कुल बाराका प्राधानाध्यपक रुपेश सरार्फ (गुड्डु) माथि गोली प्रहार भएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कठायतले २ वटा मोटरसाईकलमा आएका ४ जनाको समूहले कलैया–६ मदर्शा टोलमा सर्राफमाथि गोली प्रहार भएको बताएका छन् ।

सर्राफको घाँटी तथा छातीमा गोली लागेको छ । उनको अवस्था नाजुक रहेको छ । गोली प्रहारलगत्तै कलैया अस्पताल पुर्याइएका उनलाई त्यहाँ उपचार सम्भव नभएपछि वीरगंजस्थित बयोधा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी भैरहेको बताइएको छ । गोली चलाउने व्यक्तिको खोजी सुरु भएको प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।