कैलालीको गेटा अस्पताल बुधबार देखि संचालमा आउने

धनगढी । कैलालीको गेटा अस्पताल बुधबार देखि संचालमा आउने भएको छ। मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि विश्वविद्यालय घोषणा गरिएको कैलालीको गेटामा बुधबारदेखि एक सय शय्याको अस्पातल सञ्चालन आउन लागेको हो ।
गेटा अस्पतालका निर्देशक डा. प्रमोद जोशीले पत्रकार सम्मेलन गरी कात्तिक १ गतेदेखि सामान्य सुविधासहित एक सय शय्याको अस्पताल सञ्चालन हुने जानकारी दिएका हुन् ।

डा. जोशीका अनुसार जनरल ओपीडी सेवा, हाडजोर्नी तथा नशा रोग, स्त्री रोग, जनरल सर्जरी, अल्ट्रासाउन्ड सेवा, एक्सरे सेवा, प्रयोगशाला र फार्मेसी सेवासहितको अस्पताल सञ्चालन हुने भएको हो ।
‘११ जना विशेषज्ञ चिकित्सकसहित बुधबारदेखि सेवा सुरु भए पनि सेवा विस्तार हुँदै जाने छ,’ डा. जोशीले भने, ‘आगामी वैशाख महिनाभित्र थप सात वटा विशेषज्ञ सेवा विस्तार गरिने छ ।’
अस्पतालमा निर्देशकसहित चिकित्सक तथा स्वास्थ्यकर्मीगरी २६ जना कर्मचारी हाजिर भइसकेका छन् भने न्यूनतम सेवा सञ्चालनका लागि मेडिकल सामाग्रीहरु आइपुगेका छन्।
गेटामा मेडिकल कलेज सञ्चालन गर्न मेडिकल कलेज पुर्वाधार निर्माण विकास समितिले एक सय शय्याको अस्पताल भवन, आवासहरु एंव प्रशासनिक भवनहरु निर्माण गरिसकेको छ।
२०५१ सालमा तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले कञ्चनपुरको दैजीमा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेको २९ वर्षपछि मेडिकल कलेजका लागि बनेको भवनमा बुधबारदेखि अस्पताल सञ्चालन हुने भएको हो ।
सरकारले मेडिकल कलेज स्थापनाका लागि भौतिक पूर्वाधार निर्माण गरेपछि सरकारले गत पुसमा विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।





प्रतिकृया दिनुहोस्