आज घर घरमा विधिवत रुपमा राखियो जमरा
- Eraibar
- २०८० आश्विन २८, आईतवार १५:५६
- 56 Shares

धनगढी । आज घर घरमा विधिवत रुपमा जमरा राखिएको छ । आइतबारदेखि विधिवत रुपमा सुरु भएको नवरात्रको पहिलो दिन आज विधिवतरुपमा ११ः२९ को शुभ साइतमा जमरा राखिएको हो ।
घटस्थापना गर्दा पूजाकोठा वा दसैं घरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आहृवान गरी पूजाअर्चना गरिन्छ ।
नवरात्रीभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।
नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन व्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजाअर्चना गरिन्छ ।
विशेषतः जमरा जौको राख्ने गरिन्छ । तर, आजभोलि भने मकै र गहुँ पनि मिसाएर जमरा राख्ने प्रचलन छ ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
२०८३ जेष्ठ १९, मंगलवार २१:५६





प्रतिकृया दिनुहोस्