पुर्वीचौकी गाउँपालिकाले सोध्यो कर्मचारीलाई स्पष्टीकरण

डोटी। डोटीको पुर्वीचौकी गाउँपालिकाले एक कर्मचारीलाई स्पष्टीकरण सोधेको छ। कृषि करार सेवा अन्तरगत कार्यरत प्रेमबहादुर भण्डारीले पार्टीको कार्यक्रममा सहभागी भएर तथानाम बोलेका कारण स्पष्टीकरण सोधेको हो।
निजामती सेवा ऐन २०४९ को नियमावली ५० बमोजिम कर्मचारी आचारसंहिता उल्लङ्घन गरेको भन्दै नायव प्राविधिक सहायक भण्डारीलाई स्पष्टीकरण सोधिएको प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेलले बताएका हुन।
प्रमुख प्रशासकीय अधिकृत लुइँटेलका अनुसार कृषि करार सेवा अन्तरगत कार्यरत भण्डारीले पार्टीको कार्यक्रममा सहभागी भएर तथानाम बोलेका थिए ।
पालिकाको वडा नम्बर ६ को कार्यालयमा कार्यरत भण्डारी शनिबार (असोज ६ गते) वडा नम्बर ४ को कार्यालय परिसरमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा सहभागी भएको बताइएको छ ।
भण्डारीले कर्मचारीको आचारसंहिताविरुद्ध पार्टीको कार्यक्रममा सहभागी भएको, पालिकाको स्वीकृत बेगर कार्यालयको विरुद्धमा बोलेको, करार कर्मचारीको सम्झौतामा उल्लेख भएको प्रावधान भन्दा बाहिर गई पालिकाको कामकाज बारे बोलेको देखिएकोले स्पष्टीकरण मागेको प्रमुख प्रशासकीय अधिकृत लुइँटेलले बताए ।
भण्डारीलाई २ दिनभित्र स्पष्टीकरण पेस गर्न समय दिइएकोमा उनले स्पष्टीकरण पनि बुझाए सकेका छन् ।






प्रतिकृया दिनुहोस्