लागूऔषधसहित कैलालीमा दुई युवक पक्राउ

धनगढी । लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। कैलालीको टिकापुर नगरपालिकाबाट ६० मिलिग्राम लागूऔषधसहित दुई युवक पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीको टिकापुर नगरपालिका वडा नम्बर–१ ब्लक नम्बर–२३ ड्राईभर टोलबाट ६० मिलिग्राम लागूऔषधसहित सोही ठाँउका २२ वर्षीय विपिन चौधरी पक्राउ परेका हुन्।
यस्तै कैलालीकोे धनगढी उपमहानगरपालिका–१५ कनरीबाट १२० मिलिग्राम खैरो हेरोईन र २.८६ ग्राम चरेशसहित धनगढी उपमहानगरपालिका–१४ ‘सी’ गाँउका ३७ वर्षीय नवराज जोशी पक्राउ परेका छन्। जोशीलाई प्रहरी चौकी कनरीबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरेको हो।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको छ।
यस्तैगरी प्रहरले कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका १० बिद्युत कार्यालय अगाडीबाट भन्सार छलिगरी ल्याएका अन्दाजी २० हजार मूल्य बराबरका चिनी, तेल लगायतका सामानहरु सोमवार साँझ प्रहरी गस्ती टोलीले बरामद गरेको हो।
बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएका सो सामान आवश्यक कारबाहीको लागि गड्डाचौकी भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।





प्रतिकृया दिनुहोस्