वडाध्यक्ष खड्का गरे नवनिर्मित देवी माविको २ कोठे भवनको उद्घाटन

डोटी । देवी माध्यमिक विद्यालयको नवनिर्मित २ कोठे भवनको उद्घाटन भएको छ । दिपायल सिलगढी नगरपालिका वडा नं. २ स्थित देवी माध्यमिक विद्यालयको नवनिर्मित २ कोठे आरसिसी भवनको उद्घाटन भएको हो ।
दिपायल सिलगढी नगरपालिका वडा नं. २ वडाध्यक्ष राजेन्द्र बहादुर खड्काले रिबन काटेर भवनको सोमबार उद्घाटन गरेका हुन् । वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास केन्द्र (सिडिसी) ले ४८ लाख आठ हजार पन्चासी रुपैयाँ बराबरको लगानी गरी सो भवन निर्माण गरेको हो ।

सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीले विद्यालयको नवनिर्मित २ कोठे आरसिसी भवन अपाङ्ग र बालमैत्री र भूकम्प प्रतिरोधी बनाइएको बताएका छन् । उनले सो भवन माथि थप २ तला थप्न सक्ने गरी संरचना बनाइएको जानकारी दिए ।
वडाध्यक्ष खड्काले सामुदायिक विकास केन्द्रलाई गुणस्तरीय भवन निर्माणगरी सहयोग गरेकोमा धन्यवाद दिए । ‘हामी जनप्रतिनिधिको समेत शिर ठाडो पार्ने गरी सिडिसीले गरेको सहयोग प्रति कृतज्ञ छु’, वडाध्यक्ष खड्काले भने, ‘यस भवनले विद्यार्थीको शिक्षण क्रियाकलापमा ठुलो योगदान पु¥याउने अपेक्षा लिएको छु ।’
त्येसैगरी विद्यालयका प्रधानाध्यापक सिद्धाराज ओझाले भौतिक संरचनाहरूको अभाव झेलिरहेका बेला सिडिसीबाट निर्मित भवनले ठुलो गुन लगाएको बताए ।
विद्यालयका तर्फबाट व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर बोगटी र वडाध्यक्ष खड्काले भवन निर्माण गरेकोमा खुसी व्यक्त गर्दै सामुदायिक विकास केन्द्रका अध्यक्ष जोशी सहित कर्मचारीहरूलाई दोसल्ला र कदर पत्र प्रदान गरी सम्मान गरेका थिए ।





प्रतिकृया दिनुहोस्