June 11, 2026, Thursday
२०८३ जेष्ठ २८

अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु

धनगढी । धनगढीमा अटो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । शुुक्रबार साँझ धनगढी उपमहानगरपालिका-५ को तारानगरमा से १ ह २८९९ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा चालक ५० वर्षीय गंगा केसीको मृत्यु भएको हो।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अटो आफैं अनियन्त्रित भएर पल्टिंदा घाइते भएका केसीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

अटो तारानगरबाट राष्ट्र बैंक चोकतर्फ आउने क्रममा भित्रि सडकखण्डमा दुर्घटनामा परेको थियो । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको प्रहरीले बताएको छ ।