सुदूरपश्चिम प्रदेशमा क्रिकेट संघको अध्यक्षमा जोशी सर्वसम्मत निर्वाचित

धनगढी । सुदूरपश्चिम प्रदेशमा क्रिकेट संघको अध्यक्षमा बासुदेव जोशी सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार धनगढीमा सम्पन्न प्रादेशिक क्रिकेट संघको दोश्रो साधारणसभाबाट जोशी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
क्रिकेट गतिविधिमा सक्रिय जोशी डडेलधुराबाट जिल्ला प्रतिनिधि भएर अध्यक्षमा चयन भएका हुन्। जोशी पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टिमको छनोट समिति सदस्यमा रहेका थिए ।
त्यस्तै उपाध्यक्षमा रमेशबहादुर बोहरा (बैतडी), सचिव लक्ष्मणदत्त भट्ट (कञ्चनपुर), कोषाध्यक्ष दिनेश सिंह (डोटी), सदस्यहरुमा हरि रेग्मी (कैलाली), शेर सिंह खत्री (बैतडी), तेज कार्की (दार्चुला), अनिल कुँवर (अछाम), माया रावत साउद (कञ्चनपुर), रमेशबहादुर चन्द (डोटी), जोगबहादुर दौल्याय (बझाङ),बाबुराजा श्रेष्ठ (कैलाली) र आशिष कुमार खत्री (कञ्चनपुर) निर्विरोध निर्वाचित भएका छन् ।
क्यानको आगामी असोजमा हुने केन्द्रीय अधिवेशनका लागि अहिले जिल्ला तह हुँदै प्रदेश अधिवेशनहरु सम्पन्न भइरहेका हुन्।





प्रतिकृया दिनुहोस्