अबको राजनीति युवापुस्ताको काँधमा : डा. देउवा

धनगढी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले अबको राजनीति युवा पुस्ताको काँधमा रहेको बताएकि छन् ।
नेपाल बिद्यार्थी संघ कैलालीको अयोजनामा धनगढीमा भएको रक्तदान तथा वनभोज कार्यक्रममा प्रमुख अतिथीका रुपमा बोल्दै नेपाली कांग्रेसकी केन्दीय देउवाले सो कुरा बताएकी हुन् ।
केन्द्रीय सदस्य देउवाले अबको राजनीति युवा पुस्ताको काँधमा आउन लागेकोले बिद्यार्थीहरुले संगठन बलियो बनाउन तर्फ लाग्नुपर्ने बताएकी छन्। उनले अहिले सबै तिर युवाहरु अग्रपंतीमा आएकाले अबको राजनीतिक भविश्य पनि युवाहरुको नै रहेको बताईन् ।
नेतृ देउवाले देश विकास गर्न नेपाली कांग्रेसको महत्वपुर्ण भूमिका रहेको बताउदै, भनिन् “युवाहरुले साकारात्मक सोचका साथ आगडी बढ्नु पर्छ, सामाजिक संजालमा नेताहरुलाई गाली गरेर मात्र केही परिवर्तन हुने वाला छैन्।” नेपाल बिद्यार्थी संघ कांग्रेस राजनितिको नर्सरी भएकोले साकारात्ममा बिचार भावका साथ अगाडी बढ्न नेपाल बिद्यार्थी संघलाई नेतृ देउवाले आग्रह समेत गरिनन् ।
अहिले संबिधान भित्र रहेका ब्यबस्थाहरु समेत पटक–पटक खतरामा परीरहेको बताउदै नेतृ देउवाले यसको रक्षा कांग्रेसले मात्र गर्न सक्ने समेत दाबी गरिन् ।
संबिधानमा भएका व्यवस्थामा पटक–पटक धरापमा पर्ने गरेकोले संबिधानको रक्षा कांग्रेसले मात्र संरक्षण गर्न सकेको स्मरण समेत गराईन् । पछिल्लो समयमा लोकतान्त्रिक मूल्य मान्याताको संस्थागत गर्न गठबन्धनको सरकार क्रियाशिल रहेको समेत देउवाले बताईन् ।





प्रतिकृया दिनुहोस्