April 20, 2026, Monday
२०८३ बैशाख ८

सडक मर्मतका लागि भीमदत्त राजमार्ग आजबाट ६ घण्टा बन्द हुने

धनगढी । सुदुरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आजबाट ६ घण्टाका लागि बन्द हुने भएको छ । सडक मर्मतका लागि दिउँसो १२ देखि साँझ ६ बजेसम्म सडक बन्द गरिने सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको हो ।

गत साउन २२ गते आएको पहिरोका कारण सडक भाँसिएको गोदावरी नगरपालिका-४ को बुढितोलामा मर्मतका लागि सो समयमा सडक बन्द गरिने सडक डिभिजन कार्यालय महेन्द्रनगरका कार्यालयका प्रमुख हरी सुवेदीले बताएका हुन ।

सडक डिभिजन कार्यालयका प्रमुख सुवेदीले सडकको पहिरो हटाएर सवारीसाधन सञ्चालन गरिएपनि हिलो र पानी बग्ने क्रम नरोकिएकाले मर्मत गर्न केही घण्टा सडक बन्द गरिन लागेको जानकारी दिए ।

सुवेदीले उक्त क्षेत्रमा गाडी चलेपनि हिलोका कारण फस्ने समस्या देखिएकाले जाली राखेर मर्मत गरिने तथा निरन्तर बगिरहेको पानीलाई पाइपमार्फत निकास दिइने बताएका छन् ।

लगातारको वर्षापछि गत सोमबार आएको पहिरोले अवरुद्ध भीमदत्त राजमार्ग एक हप्तापछि सञ्चालनमा आएको थियो ।