सासंद बलायरले सुनील शर्मालाई भने- अरुको उक्साहटमा नबोल्नू

काठमाडौं । नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सांसद डा. सुनील शर्मालाई कसैको उक्साहटमा लागेर नबोल्न सुझाव दिएका छन् । आइतबारको संसदीय दलको बैठकमा बोल्दै बलायरले अरुको उक्साहटमा लागेर शर्मालाई नबोल्न सुझाव दिएका हुन् ।
अर्थमन्त्री तथा पार्टी प्रवक्ता प्रकाशशरण महतको बचाउमा धारणा राखे । बलायरले शर्माले प्रमाण लिएर आए एजेन्डा बोकेर हिँड्ने धारणा राखेको एक सांसदले बताए ।
“अर्थमन्त्रीलाई लगाएको आरोप प्रमाणसहित आउनु, म तपाईंसँग तपाईँको एजेन्डा बोकेर हिँड्छु । तर अरुको उक्साहटमा नबोल्नू । संसदीय मूल्य मान्यता मान्नु पर्दैन ?,” बलायरको प्रश्न थियो ।
‘अर्थमन्त्री तथा पार्टी प्रवक्ताविरुद्ध अर्काको उक्साहटमा बोल्नु भएन । सांसदले संसदीय मूल्य मान्यता मान्नु पर्दैन ?,’ शर्मालाई बलायरको प्रश्न थियो,‘ तपाईले मिडियामा दिएको अभिव्यक्ति हामीले सुनिरहेका छौं । त्यो किमार्थ स्वीकार्य छैन ।’
“तपाईँले सामाजिक सञ्जालमा, मिडियामा जुन ढंगबाट बोल्नुभएको छ, त्यो किमार्थ मान्य छैन । बलायरको भनाइ उद्धृत गर्दै ती सांसदले भने, “कांग्रेसलाई प्रमुख विन्दुमा राखेर बोल्नुहोला ।”
तर, बलायरले अर्थ मन्त्रालयको काम चित्तबुझ्दो भने नभएको जिकिर गरेको ती सांसदले जानकारी दिए । सांसद बलायरले कांग्रेसलाई प्रमुख विन्दुमा राखेर बोल्न भनेका थिए । अर्थ मन्त्रालयको काम चित्तबुझ्दो नभएपनि सांसदले अनुशासनको ख्याल गरेर बोल्नुपर्ने बताए ।





प्रतिकृया दिनुहोस्